म्युजिक भिडियोमा एकैसाथ दुई ग्रुप, सुजन मार्पा र भिमफेदि गाईजसँग रोमान्स गदैं आँचल

काठमाडौं ।  नेपाली म्युजिक भिडियोमा पहिलोपटक दुईवटा ग्रुप एकैसाथ देखिएका छन् ।

भारतको चर्चित रियालिटी शो बाट चर्चा कमाएका सुजन मार्फा तामाङको एलिड २० क्रिउ र भिमफेदी गाईजलाई पहिलोपटक एउटै म्युजिक भिडियोमा देखिएका हुन् । 

भिडियोमा दुवटै ग्रुपसंग चर्चित मोडल तथा नायिका आँचल शर्माले अनस्क्रिन रोमान्स गरेकी छिन् । दिपक आचार्यको शब्द तथा मिष्टर आर.जे. को संगीत रहेको गीतमा महेश भडारी र मिष्टर आर.जे.को आवाज सुन्न सकिन्छ । रेलिमाई बोलको उक्त गीतलाई यसदिप मोभिजले बजारमा ल्याएको हो ।

गीतको भिडियोमा दुई ग्रपका साथ आँचलले पहिलोपटक अभिनय गरेकी हुन् भने नेपालको इतिहासमै दुई ग्रुप पनि पहिलो पटक एकसाथ देखिएको हो । 

दुवै ग्रुपमा आँचल शर्मालाई एकसाथ भिडियोमा ल्याउने काम निर्देशक दिपक आचार्यले गरेका हुन् ।

रबिन्द्र बरालको छांयाकन रहेको उक्त भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । मधु आचार्यको व्यवस्थापन रहेको उक्त भिडियोलाई दिपक आचार्यले निर्देशन गरेका हुन् । दिपकले यसअघि पनि दजनौं चर्चित गीतको भिडियो निर्देशन गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?