वीरगञ्जमा हुन्डाईले नयाँ शोरुम खुल्दै

वीरगञ्ज । वीरगञ्जमा हुन्डाईका गाडीहरुको बिक्री वितरण तथा सर्भिसिङ सेन्टरको नयाँ शोरुम खुल्ने भएको छ । 

हुन्डाईको विभिन्न मोडलका गाडीहरुको बिक्री वितरण तथा सर्भिसिङ दिने उद्देश्यले नयाँ शोरुम चार्ड सञ्चालनमा ल्याउन लागेको हो । उक्त शोरुम १५ दिनमा नै खोल्ने तयारी रहेको बताइएको छ । 

ग्राहकको ध्यान तान्न र व्यवसाय प्रवर्द्धन गर्न कम्पनीले वीरगंज–११ श्रीपुरस्थित मेन रोडमै शोरुम निर्माण गरेको हो। २ करोड ५० लाख रुपैयाँ लागतमा वीरगञ्जको बिक्रेता अर्किड्स मोटोकर्प प्रा.लिले नयाँ शोरुम सञ्चालनमा ल्याउन लागेको हो । 

निर्माण कार्यको फिनिसिङ्को काम भइरहको र अबको केही दिनमै शोरुम शुरु गरिने तयारी रहेको बताइएको छ । 

शोरुम, सर्भिस सेन्टर र स्पेयर पार्टस उपलब्ध हुने छ। कार  धुने वासवे पनि छ। वीरगंज नाकाबाट नेपाल भित्रेका हुन्डाईको गाडी परिक्षणको लागि पनि पिडिआइ ‘कारको अवस्था परिक्षण गर्ने’ शाखाका साथै ग्राहकवर्गको सुविधाको लागि कस्टमर लन्ज र उचित पार्किङको व्यवस्था मिलाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?