एएफसी यू-१६ फुटबलमा म्यानमारको विजयी शुरुवात, मलेसिया पराजित

काठमाडौं । एएफसी यू–१६ महिला च्याम्पियनसिप अन्तर्गत म्यानमारले विजयी शुरुवात गरेको छ । 

हल्चोकस्थित शसस्त्र प्रहरी बलको खेल मैदानमा बुधवार भएको पहिलो खेलमा म्यानमारले मलेसियालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै टिम गोल रहित बराबरीमा रोकिएको थियो ।

म्यानमारका लागि खेलको ७५ औँ मिनेटमा एम एन खिनले पहिलो गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिए । त्यस्तै, ८८ औँ मिनेट उनले पुनः दोस्रो गोल गरे ।

खेलको ८० औँ मिनेटमा उनले गोल गर्दै ह्याट्रिक पुरा गरिन् । त्यसपछि खेलमा थप गोल भएन र खेल म्यानमारले ३-० ले जित्यो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?