राष्ट्रिय फुल कन्ट्याक्ट कराँते हुने

काठमाडौं । इन्टरनेसनल फेडेरेसन अफ क्योकुसिन काइकान कराँते  नेपाल ‘आइएफकेके’को आयोजनामा प्रथम राष्ट्रिय पुरुष तथा महिला तौल समूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुने भएको छ । 

आगामी सोमबारदेखि शुरु हुने उक्त प्रतियोगितामा विभिन्न पाँच विधामा प्रतिस्पर्धा हुने आयोजक आइएफकेकेका संस्थापक अध्यक्ष प्रेम लामाले बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन्  ।

पुरुषतर्फ ३५ किलोमुनि, ५५ किलोमुनि तथा ६० किलोमुनि तौल समूहमा प्रतिस्पर्धा हुनेछ, भने महिलातर्फ ४५ किलो तौल समूहमा प्रतिस्पर्धा हुनेछ । त्यस्तै विद्यालयतर्फ पुरुष २५ किलोमुनि तौल समूहमा खेल हुनेछ । 

एकदिने सो प्रतियोगितामा करीब १५० खेलाडीको सहभागिता रहने आयोजक संस्थाले जनाएको छ । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्डहलमा खेलाइनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?