जनकपुरबाट सिके राउतका दुई सय कार्यकर्ता पक्राउ

जनकपुर । एक मधेश एक प्रदेशको मागसहित संविधान दिवसको विरोध गर्दै आएका सिके राउतका सय कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । 

बुधबार संविधान दिवसको अवसर पारेर प्रदर्शमा उत्रिएका राउतका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

राउतका कार्यकर्ताले ‘हिडौं जनकपुर भरौं जनकपुर’ नारा गर्दै प्रदर्शनमा उत्रिएका थिए । 

प्रहरीले प्रदर्शनमा हस्तक्षेप गरेपछि राउतका कार्यकर्ताले जनकपुरमा बुधवार बिहान गर्ने भनेको विरोध कार्यक्रम भने स्थगित भएको छ । 

विरोध कार्यक्रम स्थगित भएपछि राउतका कार्यकर्ताले भने बुधवार जनकपुरमा प्रदर्शन गरे ।  

विरोध जुलुससहित कार्यकर्ता जनकपुरको बाह्रबिघा मैदानमा उपस्थित भएका थिए । विरोध कार्यक्रममा राउत स्वयम् उपस्थित हुने बताइएको थियो । तर, अहिलेसम्म उनी उपस्थित भएका छैनन् । 
प्रदेश २ का प्रहरी डीआइजी दिनेश अमात्यले संविधान विरोधी समूहलाई पक्राउ गरेको जानकारी दिएका हुन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?