ऊर्जा क्षेत्रमा लगानी गर्न विश्व बैंकले १० करोड अमेरिकी डलर ऋण दिने

काठमाडौं । विश्व बैंकले पहिलो पटक ऊर्जा क्षेत्रमा लगानी गर्न १० करोड अमेरिकी डलर (११ अर्ब ५० करोड) ऋण दिने भएको छ । 

नेपालको ऊर्जा क्षेत्रमा सबैको पहुँच र दिगो ऊर्जा आपूर्तिमा सहयोग गर्ने उद्देश्यले विश्व बैंकले ऋण स्वीकृत गरेको हो ।

नेपालको ऊर्जा क्षेत्रको संस्थागत सुधार तथा परिमार्जन गरी ऊर्जाको गुणस्तरीय सेवा प्रवाह गर्नमा ऋण सहयोगले ठूलो योगदान पुग्ने विश्व बैंकका नेपाल डाइरेक्टर फेरिस हदाद जेरोभसले बताए ।
विश्व बैंकले २२ आयोजनामा २ अर्ब ५० करोड अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता गरेको छ । 

बैंकले हालसम्म ४ अर्ब ७५ करोड अमेरिकी डलर सहयोग गरेको छ । जसमा ३ अर्ब ४८ अर्ब ऋण र १ अर्ब २७ करोड अनुदान रहेको छ ।

नेपालमा प्रतिव्यक्ति ऊर्जा खपत १७७ युनिट प्रतिवर्ष रहेको छ । जुन दक्षिण एसियामा पाँचौ हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?