हिमालय ऊर्जाले पायो आईपिओ निष्काशन गर्ने अनुमति

काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीले आईपिओ निष्काशन गर्ने अनुमति पाएको छ । 

कम्पनीले आयोजनामा प्रभावित क्षेत्रका स्थानीय बासीन्दाका लागि आईपिओ निष्काशन गर्ने अनुमति पाएको हो । 

धितोपत्र बोर्डले कम्पनीलाई ९ करोड ९० लाख बराबरको आइपिओ निष्काशनको अनुमति दिएको छ ।

कम्पनीले रामेछाप र दोलखाका आयोजना प्रभावित बासीन्दाका उक्त शेयर जारी गर्ने भएको हो । निजी क्षेत्रबाट प्रवद्धित हिमालय ऊर्जाले पहिलो चरणमा १० प्रतिशत साधारण शेयर निष्काशन गर्न लागेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका ९ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्ने छ । बिक्री प्रबन्धको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गर्ने छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?