‘एएफसी’ यू-१६ फुटबलमा नेपालको खराब शुरुवात, फिलीपिन्सको शानदार जीत

काठमाडौं । ‘एएफसी’ यू-१६ महिला च्याम्पियसिप छनोटमा नेपाल पराजित भएको छ ।

हल्चोकस्थित शसस्त्र प्रहरीको खेल मैदानमा बुधवार भएको समूह ‘इ’को खेलमा नेपाल फिलीपिन्ससँग ४-० गोल अन्तरले पराजित भएको हो । 

फिलिपिन्सका लागि कप्तान मारिया लाजोले दुई गोल गर्न सफल भइन् । त्यस्तै, मिकाइला भिलासिन र केइनी मियाक एलामोले समान एक-एक गोल गरिन् । अब नेपालले यहि शुक्रवार दोस्रो खेलमा म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ । छनोटको अन्तिम खेलमा नेपालले मलेसियासँग आउदो आइतबार  भिड्नेछ ।

समूहको शीर्ष दुई टोलीले अर्को वर्ष थाइल्याण्डमा हुने ‘एएफसी’ यू-१६ महिला च्याम्पियनसिपको यात्रा तय गर्नेछन् । फाइनल चरणमा आठ टोलीले खेल्नेछन् । यसअघि बुधवार नै भएको उद्घाटन खेलमा म्यान्मारले मलेसियलाई ३-० गोलले पराजित गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?