२४ लाख रुख काट्नु हुँदैन : डा. शेखर कोईराला

कांग्रेस नेता डा. शेखर कोइरालाले निर्माणधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा धेरै रुख काट्न नहुने बताएका छन् ।

६ दिने चीन भ्रमणमा जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सो विमानस्थल निर्माणका लागि २४ लाख रुख काट्ने खबरले सबैको ध्यान आकृष्ट गरेको बताए ।

मधेसमा एकैपटक यती धेरै रूख काट्दा बातावरणीय असर गर्ने भन्दै यसले भयाबह अवस्था निर्माण गर्ने तर्फ पनि सबै सजग हुनुपर्ने बताउनुभयो ।

उनले निजगढ नजिकै सर्लाहीको सागरनाथमा रहेको करिब ३ हजार बिघामा रहेको खाली जग्गामा बिमानस्थल बनाईनु उपयुक्त हुने पनि उल्लेख गरे । रुख काट्ने र विमानस्थल बनाउने विषयमा बेलैमा सरोकार वाला निकायको ध्यान जानु आवश्यक रहेको हुनको भनाई छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?