रिलिजको दुई दिनअघि ‘इन्टु मिन्टु लण्डनमा’ ले सार्वजनिक गर्‍यो रोमान्टिक गीत (भिडियो)

काठमाडौं । चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ को नयाँ गीत सार्वजनिक भएको छ । आउँदो शुक्रवारबाट प्रदर्शन हुन लागेको यो फिल्मको गीत रिलिजअघि नै युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

‘आइ एम इन्टु, सी इज मिन्टु’ बोलको गीतमा सुजिल कर्माचार्यको शब्द, संगीत तथा स्वर रहेको छ । यस्तै गीतको भिडियोमा फिल्मका मुख्य कलाकार साम्राज्ञी शाह र धिरज मगरलाई क्लासिकल रुपमा प्रस्तुत गराइएको छ ।

आइकोर फिल्मको ब्यानरमा निर्माण भएको यो फिल्मलाई रेनाशा बान्तवा राईले निर्देशन गरेकी हुन् । यसअघि उनी कोरियोग्राफरका रुपमा चर्चित थिइन् ।

साम्राज्ञी र धिरजका अलावा सारुक ताम्राकार, विजय लामा, दिलभुषण पाठक, रुवी राणा, विवेक लिम्बु लगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्रको छायांकन लण्डनमा गरिएको हो । यो फिल्मले रिलिजअघि राम्रो चर्चा कमाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?