रेकर्ड तोडेको अमेरिकी डलर घट्यो, यस्तो छ विनिमयदर

काठमाडौं : हिजो (बुधबार) नेपाली रूपैयाँसँगको विनिमयदरमा रेकर्ड तोडेको अमेरिकी डलर अाज घटेको छ । अघिल्लो दिन ११७ रूपैयाँ ७ पैसा बिक्रीदर कायम भएको डलरको भाउ अाज ११६ रूपैयाँ १० पैसामा झरेको हाे । खरिददर ११५ रूपैयाँ ५० पैसा तोकिएको छ ।

नेपाल राष्ट्र बैंकले अाज बिहिबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलरसँगै अन्य देशको मुद्रासँग पनि नेपाली रूपैयाँको अबमूल्यन जारी छ । युरो १ को खरिददर १३४ रूपैयाँ ९० पैसा र बिक्रीदर १३५ रूपैयाँ ६० पैसा, पाउन्ड स्ट्रलिङ १ को खरिददर १५१ रूपैयाँ ७२ पैसा र बिक्रीदर १५२ रूपैयाँ ५१ पैसा तोकिएको छ ।

केन्द्रीय बैंकका अनुसार साउदी रियालको खरिददर ३० रुपैयाँ ८० पैसा र बिक्रीदर ३० रुपैयाँ ९६ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७२ पैसा र बिक्रिदर ३२ रुपैयाँ ८८ पैसा पुगेको छ ।

युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ४५ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६१ पैसा कायम गरिएको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८८ पैसा र बिक्रिदर २८ रुपैयाँ २ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ २९ पैसा र बिक्रिदर १० रुपैयाँ ३४ पैसा कायम भएको छ ।

कुवेती दिनार एकको खरिददर ३८१ रुपैयाँ ३८ पैसा छ भने बिक्रिदर ३८३ रुपैयाँ ३६ पैसा कायम गरिएको छ । बहराइन दिनार एकको खरिददर ३०६ रुपैयाँ ३७ पैसा र बिक्रिदर ३०७ रुपैयाँ ९६ पैसा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?