काठमाडाैं-तरार्इ द्रुतमार्गको डीपीअार तयार गर्न कोरियाली कम्पनी छनोट

काठमाडाैं : नेपाली सेनालार्इ जिम्मा दिएर सरकारले निर्माण शुरू गरेको काठमाडाैं-तरार्इ द्रुतमार्ग (फास्टट्रयाक) बनाउन अावश्यक विस्तृत अायोजना प्रतिवेदन (डीपीअार) तयारीका लागि कोरियाली कम्पनी सुसुङ छनोट भएको छ । 

यसअघि भारतीय कम्पनी अार्इएल एन्ड एफएसले अाफुले बनाएको डीपीअारको मूल्य अत्याधिक मागेपछि सेनाले डीपीअार नै पूर्ण नभएको जनाउँदै पुन ः डीपीअारका लागि अावेदन मागेको थियो । 

नेपाली कांग्रेका सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधीले सरकारमा रहँदा जसरी पनि भारतीय कम्पनीलार्इ नै फास्टट्रयाक निर्माणको जिम्मा दिन अन्तिमसम्म कोशिस गरेका थिए । तर, नागरिकस्तरबाट व्यापक दबाब अाएपछि पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा निर्माण जिम्मा नेपाली सेनालार्इ दिएका थिए । 

कोरियन कम्पनी सुसुङले भारतीय कम्पनी अार्इएन्डएफले मागेभन्दा ५१ करोड रूपैयाँ सस्तोमै फास्टट्रयाकको डीपीअार बनार्इदिने भएको छ । असोजको दोस्रो हप्ताभित्र सो कम्पनीसँग डीपीअारसम्बन्धि सम्झाैता हुनेछ । यो कम्पनीले १० करोड १५ लाख रूपैयाँ लागतमा डीपीअार तयार गर्नेछ ।

४ बर्षभित्र सम्पन्न गर्नेगरि फास्टट्रयाक निर्माणको जिम्मा पाएको सेनाले १० स्थानमा शिविर बनाएर फास्टट्रयाक निर्माण गरिरहेको छ। सेनाले बर्खायाममा पनि सडक रेखांकनअनुसार जमिन कटान गर्ने, माटो पुर्ने तथा सम्याउने, गुणस्तर परीक्षण लगायतका काम निरन्तरता दिएको थियो । यसअघि सडकको ट्रयाक निर्माण गरेको सेनाले १२ किलोमिटर खण्डमा पर्ने रूख काट्ने काम पनि सम्पन्न गरिसकेको छ । 

पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री हुँदा सरकारले नेपाली सेनालार्इ सडक निर्माणको जिम्मा दिएको थियो । त्यसअघि नेपाली कांग्रेस नेतृत्वको सरकारले परियोजना निर्माणमा खासै अनुभव नभएको भारतीय आर्इएलएण्डएफएसलार्इ परियोजनाको स्वामित्व नै सुम्पने गरी विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गर्न दिएको थियो ।

भारतीय कम्पनीलार्इ आयोजना दिनेबारे सार्वजनिकस्तरबाट सरकारमाथि चरम आलोचना भएपछि सरकारले नेपाली सेनामार्फत स्वदेशी एवं विदेशी प्रविधी र विज्ञ परिचालन गरी यो बहुप्रतिक्षित सडक निर्माण गर्ने निर्णय लिएको थियो ।

भारतीय कम्पनीले आयोजनाको डीपीआर तयार गरेपनि नेपाली सेनाले सो प्रतिवेदन अपुरो रहेको जनाउँदै आफैंले विश्वव्यापी बोलपत्र आब्हान गरी डीपीआर कार्य अघि बढाएको थियो । यसअघिसम्म सेनाले  हाल डीपीआर नभएपनि प्राविधिक निष्कर्षका आधारमा सेनाले सडकको ट्रयाक फराकिलो पार्ने र मापदण्डअनुसारको सडक खन्ने काम गरिरहेको थियो ।

७६ किलोमिटर लम्बार्इको फास्टट्रयाकमा ९९ वटा पूल र आवश्यकताअनुसार सुरूङमार्ग बनार्इनेछ । ६२ वटा पूल निर्माणका लागि सेनाले टेण्डर समेत आब्हान गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?