शुभम पावरको ५ लाख ८० हजार कित्ता अार्इपीअो अाउँदै

काठमाडौँ : शुभम पावर लिमिटेडले ५ लाख ८० हजार ५ सय ८० कित्ता साधारण शेयर (अार्इपीअो) जारी गर्ने भएको छ । अार्इपीअो जारी गर्नका लागि यो कम्पनीले पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । 

प्रतिकित्ता १ सय रूपैयाँका दरले ५ करोड ८० लाख रूपैयाँ बराबरको शेयर जारी गर्न लागेको कम्पनीले जनाएको छ । अार्इपीअो बिक्रीका लागि शुभमले सीबीअार्इएल क्यापिटललार्इ धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

शुरूमा सर्वसाधारणका लागि ४ लाख कित्ता शेयर बिक्री गर्ने जनाएको यो कम्पनीले अायोजना प्रभावितका लागि छुट्याएको शेयर नबिकेपछि थप १ लाख ८० हजार ५ सय ८० कित्ता समेत जोडेर अार्इपीअो निष्काशन गर्न लागेको हो । 

शुभमको अार्इपीअोलार्इ र्इक्रा नेपालले ग्रेड ५ रेटिङ गरिदिएको छ, जुन सबैभन्दा कमजोर हो । यसको अर्थ यो कम्पनीकाे अार्थिक स्थिति राम्रो नरहेको जनाउँछ । यो कम्पनीले संखुवासभामा करिब १ मेगावाटको पिलुवाखोला जलविधुत अायोजना निर्माण गरेको छ । 

अार्इपीअो जारी गरेपछि यो कम्पनीको चुक्तापूँजी २० करोड रूपैयाँ पुग्ने तथा संस्थापक र सर्वसाधारणको हिस्सा क्रमश : ७० र ३० प्रतिशत कायम हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?