विदेशी मुद्राको ‘हेजिङ’ रोक्न अर्थमन्त्रालयले कार्यविधी बनाउँदै

काठमाडाैं : विदेशी ऋण लिएर निर्माण गर्नुपर्ने ठूला अायोजनामा विनिमयदर परिवर्तनको असर न्यूनिकरण गर्न गर्न 'हेजिङ' सम्बन्धी कार्यविधीहरू तयार भर्इरहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ । 

विदेशी मुद्रामा ऋण लिएर बनार्इने अायोजना बनाउँदा विनिमयदरमा हालको जस्तो उच्च परिवर्तन हुँदा अार्इपर्ने जोखिमलार्इ सामान्यीकरण गर्न हेजिङसम्बन्धी व्यवस्था अावश्यक पर्छ ।

यसका लागि छुट्टै हेजिङ फण्ड अावश्यक पर्छ । यस्तो हेजिङ फण्डबाट अायोजनाको विकासकर्तालार्इ विनिमयदरमा परिवर्तन हुँदा अार्इपर्ने जोखिमको बाँडफाँड गर्न सजिलो पर्छ । 

अर्थ मन्त्रालयका अनुसार नेपाल राष्ट्र बैंकले अहिले हेजिङसम्बन्धी काम गरिरहेको छ र छिट्टै संरचनात्मक व्यवस्था हुने जनाएको छ ।

चालु अार्थिक बर्षको बजेट वक्तव्यमा पनि अर्थमन्त्री डा. युवराज खतिवडाले भेञ्चर क्यापिटल, प्रार्इभेट र्इक्वीटी र हेज फन्ड लगायतका नयाँ संस्थालार्इ अघि बढाउने उल्लेख गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?