नेपाल-चीन उर्जा संयन्त्रको बैठक असोज ११ र १२ मा बस्दै

काठमाडौं : गत जुनमा गठित नेपाल-चीन उर्जा संयन्त्रको पहिलो बैठक यही असोज ११ र १२ गते काठमाडाैंमा बस्ने भएको छ । 

उर्जा, जलस्रोत तथा सिंचार्इमन्त्री बर्षमान पुन र चिनियाँ राजदुत यु होङबीच बुधबार भएको भेटघाटमा बैठक बस्नेबारे छलफल भएको हो । 

राजदुतसँगको भेटमा मन्त्री पुनले हाल नेपालमा जलविधुत क्षेत्रमा लगानीको वातावरण बनेकाले लगानीका अाग्रह गरे । 

राजदुत होङले पहिलो पटक बस्न लागेको संयन्त्रको बैठकले दुवै देशको उर्जा क्षेत्रमा विकासको नयाँ ढोका खोल्ने धारणा राखेकी छिन् ।

गत जुनमा प्रधानमन्त्री के.पी. शर्मा अोली चीन भ्रमणमा जाँदा नेपाल र चीनबीच र्इनर्जी कोअपरेशनमा हस्ताक्षर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?