चाउचाउपछि काबरा समूहले ल्यायो पास्ता र सेवर्इ

काठमाडाैं : चाउचाउ र बिस्कुटजस्ता खाद्यवस्तु उत्पादन गरिरहेको विराटनगरस्थित काबरा ग्रुपले सुचीबाट बनेको पास्ता र सेबर्इ उत्पादन गरि बजारमा पठाएको छ । 

हाल बजारमा अधिकांश ब्राण्डले मैदाबाट बनेका पास्ता र सेबर्इ बजारमा पठाउने गरेका छन् । तर काबरा ग्रुपअन्तर्गतको क्वालिटी थार्इ फुड्सले स्वास्थ्यका लागि फार्इदाजनक सुचीको पास्ता र सेबर्इ बजारमा ल्याएको हो । नेपालमै पहिलोपटक सूचीबाट पास्ता र सेबर्इ उत्पादन थालिएको काबरा ग्रुपले दाबी गरेको छ ।

पास्ता र सेवर्इलार्इ थार्इ फुड्सले म्याक-पा, पिज्जो र टुल्के ब्राण्ड दिएको छ । पास्ता १ र ५ किलो तथा सेबर्इ १ किलोग्रामको प्याकेटमा ल्याएको थार्इले साना पाकेटमा पनि बजारमा पठाउने तयारी गरिरहेको छ ।

क्वालिटी थार्इ फुड्सले हाल चाउचाउ, प्रशोधित खाने तेल, सावुन र विभिन्न स्न्याक्सको उत्पादन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?