पूँजीबजारमा ३ अर्ब ९४ करोड रूपैयाँ बराबरको शेयर अाउँदै

काठमाडाैं : नेपाली पूँजीबजारमा ३ अर्ब ९४ करोड रूपैयाँ बराबरको प्राथमिक निष्काशन (अार्इपीअो) अाउन लागेको छ । 

२ बर्षयता अार्इपीअो निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका १७ वटा कम्पनीले ३ अर्ब ९४ करोड ६३ लाख ४१ हजार ६ सय रूपैयाँ बराबरको ३ करोड ९४ लाख ६३ हजार ४१६ कित्ता शेयर बेच्न अनुमति कुरेर बसेका छन् । 

लघुवित्ततर्फ चाैतारी लघुवित्त वित्तीय संस्थाले १७ करोड ४० लाख रूपैयाँ बराबरको अार्इपीअो निष्काशन गर्ने प्रकृया अन्तिम चरणमा पु-याएको छ ।

तर, अार्इपीअो जारी गर्ने लार्इनमा सवैभन्दा धेरै जलविधुत समूहतर्फका कम्पनीहरू छन् । १४ वटा जलविधुत कम्पनी, २ वटा मार्इक्रोफार्इनान्स र एउटा मर्चेन्ट बैंकले अार्इपीअो निष्काशन अनुमति कुरेर बसेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?