काठमाडाैं : सिटी एक्सप्रेस फार्इनान्सले अाफ्ना शेयरधनीका लागि जारी गरेको १६७% हकप्रद शेयर भर्ने म्याद अाज बिहिबार सकिँदैछ ।
कम्पनीले भदाै १ गतेदेखि अाफ्ना शेयरधनीलार्इ १ कित्ता बराबर १.६७ कित्ता थप शेयर दिनेगरि हकप्रद निष्काशन गरेको छ । साउन २० गतेसम्म सिटीको शेयर किनिसकेका लगानीकर्ताले यो हकप्रदमा अावेदन दिन पाउनेछन् ।
बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट, कमलादी र सिटी एक्सप्रेसको केन्द्रीय कार्यालय दरबारमार्ग, गाईघाट, उदयपुर, बिर्तामोड, झापाबाट आवेदन दिन पाइने फार्इनान्सले जानकारी दिएको छ ।सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि सिटीको हकप्रद भर्न सकिन्छ ।
हाल २८ करोड २ लाख २५ हजार चुक्ता पूँजी रहेको यो कम्पनीले हकप्रद बिक्रीपछि चुक्ता पूँजीको अाकार ५३ करोड २ लाख २५ हजार रूपैयाँ पु-याउनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया