काठमाडाैं : ग्लोबल अार्इएमर्इ क्यापिटल, सानिमा क्यापिटल र सिद्धार्थ क्यापिटलले दशैंअघि नै अाफ्ना शेयरधनीलार्इ लाभांस बाँड्ने भएका छन् ।
यी तीनवटै मर्चेन्ट बैकहरूले लाभांश बाँड्ने गरि दशैंअघि नै साधारणसभा डाकेका छन् । ग्लोबलले १०.५२%, सानिमाले ८% र सिद्धार्थ क्यापिटलले ३०% लाभांश घोषणा गरिसकेका छन् ।
सिद्धार्थ क्यापिटल र ग्लोबल अार्इएमर्इ क्यापिटलले असोज २५ गते तथा सानिमा क्यापिटलले असोज २६ साधारणसभा डाकेका हुन् ।
साधारणसभाले गत अार्थकि बर्षको वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने र सञ्चालक समितिले घोषणा गरेको लाभांश समेत पारित गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया