नबिकेको सेन्ट्रल फार्इनान्सको शेयर तेस्रो पटक लिलामीमा

काठमाडौं : यसअघि दुर्इपटकसम्म लिलामीमा राखेपनि नबिकेको सेन्ट्रल फार्इनान्सको ४ लाख ५६ हजार ३०८.७२५ कित्ता शेयर अाजबाट फेरि लिलामीमा राखेको छ । 

असोज ४ गतेदेखि १२ गतेसम्म र्इच्छुक लगानीकर्ताले लिलामी शेयरमा बोलकबोल गर्न सक्नेछन् । सर्वसाधारण लगानीकर्ताले पनि न्यूनतम १ हजार देखि अधिकतम सबै कित्ता शेयरका लागि अावेदन दिने सक्ने फार्इनान्सले जानकारी दिएको छ ।

सेन्ट्रलको लिलामी शेयर खरिदका लागि बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं तथा यसका लालदरबार, लगनखेल, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखाबाट बोलपत्र फारम भर्न र बुझाउन सकिनेछ ।

यस्तै, सेन्ट्रल फाइनान्सको केन्द्रीय कार्यालय कुपण्डोल ललितपुर तथा नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट पनि लिलामी भर्न सकिने बिक्री प्रबन्धकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?