काठमाडौं । संघीय संसदका सांसद हृदयेश त्रिपाठीले नेपाली सेनाको निवर्तमान प्रधान सेनापति राजेन्द्र क्षत्रीको सम्पत्तिबारे प्रश्न उठेको भन्दै छानबिन गर्न सरकारसँग माग गरेका छन् ।
बिहीवार बसेको व्यवस्थापिका संसदको विशेष समयमा बोल्दै त्रिपाठीले उनको ‘कर्तुत’हरु एकपछि अर्को गर्दै मिडियामा आइरहेको भन्दै गम्भीरताका साथ छानबिन प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले सेना व्यावसायमा लागेकोमा चर्को आलोचना गर्दै उनले त्यसले पेशागत मर्यादामा चाही आँच आउने दाबी गरे । सेना व्यापारमा लाग्ने हो भने धेरै किसिमका अप्ठ्यारा आउने भन्दै त्रिपाठीले भने, ‘सेनाले व्यवसाय गर्छ भने त्यसले पेशागत मर्यादामा आँच अउँछ । यस अन्तरगत धेरै किमिसमा अप्ठ्यारा र समस्या आउन सक्छन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया