कर्णालीका मुख्यमन्त्रीको चीन भ्रमणले के फाईदा होला ?

युवराज पंगाली । सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही तीन सदस्यीय टोलीसहित ६ दिने औपचारिक चीन भ्रमणमा रहेका छन् । 

मुख्यमन्त्री शाहीे भ्रमणका लागि बुधबार बिहान एअर चाइनाको विमानबाट चीनका प्रस्थान गरेका हुन् ।

मुख्यमन्त्री निर्वाचित भएपछि उनको यो पहिलो विदेश पनि भ्रमण हो । 

सिचुआन प्रान्तका गर्भनर यीन लीको औपचारिक निमन्त्रणामा चीन भ्रमणमा गएका  मुख्यमन्त्री शाही त्यहाँ आयोजना हुने १७ औं वेस्टर्न चाइना इन्टरनेशनल फायर बेल्ट एण्ड रोड डेभ्लप्मेन्ट कन्फरेन्समा सहभागी हुने कार्यक्रम छ ।

साथै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, प्रदेश सांसद धर्मराज रेग्मी र प्रदेश सरकारका विज्ञ प्रा.डा. पुण्यप्रसाद रेग्मी सहभागी छन् । चीनसँग सीमा जोडिएको कर्णाली प्रदेशको विकास, द्विपक्षीय हित र चिनियाँ लगानीको वातावरण बनाउन भ्रमण फलदायी हुने अपेक्षा गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हिल्सा जमुनाहा दु्रतमार्ग निर्माणका लागि चाइना हाइवे कम्पनीसँग समझदारी पत्रमा हस्ताक्षर (एमओयू) गर्ने कार्यक्रम छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?