काठमाडौं । बंगलादेशमा हुने पाँचौ संस्करणको बंगबन्धु अन्तराष्ट्रिय गोल्डकप फुटबलको खेल तालिका सार्वजनिक भएको छ ।
बंगलादेश फुटबल फेडेरेसनले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेलमा ताजकिस्तानको सामना गर्ने छ । समूह ‘ए’ मा रहेको नेपालले ताजकिस्तानसँग अक्टोबर २ मा तारिखमा खेल्ने खेल तालिका छ ।
तर, नेपालको सहभागिता भने अहिलेसम्म अनिश्चित रहेको अखिल नेपाल फुटबल संघ ‘एन्फा’का प्रवक्ता किरण राईले जानकारी दिए । यहि सेप्टेम्बर २८ तारिखसम्म एन्फाले बंगलादेश फुटबल फेडेरेशनसँग लिनु पर्ने बाँकी रकम नदिए नेपालले बंगबन्धु गोल्डकप नखेल्ने पनि उनले बताए ।
त्यस्तै समूहको दोस्रो खेलमा प्यालेस्टाइनसँग अक्टोबर ६ मा प्रतिस्पर्धा गर्नेछ ।
समूह ‘बी’ मा आयोजक बंगलादेशसहित, लाओस र फिलिपिन्स रहेको छ । आयोजकले समूह विभाजन भने गत भदौमै गरेको थियो । दुई समूहको समूह विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउने छन् ।
यसअघि नेपालले फाइनलमा बहराइनलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया