एजेन्सी :अमेरिकाले चिनियाँ सेनामाथि धरतीबाट आकाशमा मार हान्न सक्ने क्षेप्यास्त्रसहित सैनिक जेट विमान खरिद गरेको भन्दै नाकाबन्दी लगाएको छ ।
अमेरिकाले यसअघि रूसमाथि लगाएको आर्थिक नाकाबन्दीको विरोध गर्दै चीनको सेनाले रूससँग हतियार खरिद रेको तर्क प्रस्तुत गरेको छ ।
रूसले युक्रेनमाथि सैनिक कारबाही गरेको विरोध गर्दै अमेरिकाले यसअघि रूसमाथि नाकाबन्दी लगाएको थियो ।
चीनले हालै सुखोइ सु –३५ नामक १०वटा रूसी लडाकु विमान र एस ४०० क्षेप्यास्त्र खरिद ग-यो ।
सन् २०१४मा अमेरिका र पश्चिमा देशले रूसमाथि नाकाबन्दी लगाउँदै चीन त्यसमा सहभागीता जनाएको थिएन् ।
युक्रेनबाट क्राइमियालाई रूसले २०१४मा मिलाएपछि अमेरिका र रूसबीचको सम्बन्ध द्रुत गतिमा बिग्रिदै आएको छ ।
अमेरिकाले अमेरिकाको राष्ट्रपति निर्वाचनमा गडबडी गरेको र सिरियामा सैनिक सहयोग गरी गृहयुद्ध निम्त्याएको आरोप रूसमाथि थोपरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई रूस, इरान र उत्तर कोरियासँग आर्थिक र राजनीतकि नाकाबन्दी लगाउन पाउने एक नियम सन् २०१७मा पारित गरिएको थियो ।
द काउन्टरिंग अमेरिकाज एडभर्सरिज थ्रु स्यांसन एक्टले यो अधिकार ट्रम्प प्रशासनलाई दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया