काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) तोकेको विनिमय दर अनुसार अमेरिकी डलरको खरिद दर ११५ रुपैयाँ ५० पैसा रहेको छ भने बिक्री दर ११६ रुपैयाँ १० पैसा रहेको छ ।
यूरोपियन यूरोको खरिद दर १३५ रुपैयाँ ४६पैसामा खरिद दर तथा १३६ रुपैयाँ १६ पैसामा बिक्रीदर बैंकले तोकेको छ ।
त्यस्तै यूकेको पाउण्ड स्टेर्लिङको खरिद दर १५३ रुपैयाँ १ पैसा रहेको छ भने बिक्री दर १५३ रुपैयाँ ८१ पैसा रहेको छ ।
यसैगरी एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८० पैसा र बिक्रिदर ३० रुपैयाँ ९६ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७२ र बिक्रिदर ३१ रुपैयाँ ८९ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ४५ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६१ पैसा तोकेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९२ पैसा र बिक्रिदर २८ रुपैयाँ ०६ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ३१ र बिक्रिदर १० रुपैयाँ ३६ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ८१ रुपैयाँ ६३ पैसा छ भने बिक्रिदर ३ सय ८३ रुपैयाँ ६१ पैसा रहेको छ ।
बहराइन दिनार एकको खरिददर ३ सय ०६ रुपैयाँ ३७ पैसा र बिक्रिदर ३ सय ०७ रुपैयाँ ९६ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया