काठमाडौं । मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेमा नेपालीको संख्या ७ पुगेको छ ।
बुधबार मृत्यु हुने नेपालीको संख्या ६ जना पुगेको थियो भने शुक्रबार बिहान थप एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा दुर्गा सिंह राणा रहेका छन् । विषाक्त मदिरा सेवनबाट १६ जना नेपाली गम्भीर बिरामी परेका थिए ।
उनीहरुको विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको मलेसियाका लागि कार्यवाहक नेपाली राजदूतावासले जनाएको छ ।
मलेसियास्थित सुनगाई बुलोच अस्पतालमा उपचारका क्रममा पाँच जनाको मृत्यु भएको थियो । सोही अस्पतालमा मदिरा सेवनबाट गम्भीर बिरामी परेका नौ नेपालीको अहिले उपचार भइरहेको छ ।
मलेसियामा विषाक्त मदिरा सेवनबाट नेपालीको मृत्यु तथा घाइते भएको खबर सार्वजनिक भएलगत्तै त्यहाँस्थित नेपाली दूतावासले दुई टोली खटाएर उपचारमा सहजीकरण गरिरहेको छ ।
मन्डेला ह्विस्की, किंगफिशर बियर र ग्रैंड रोयल ह्विस्कीको तीन ब्रान्डका मदिरा गत सोमबार पसलबाट खरिद गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया