‘एएफसी’ यु–१६ छनोटबाटै नेपाल बाहिरियो, म्यान्मारको शानदार जीत

काठमाडौं । नेपाल जारी ‘एएफसी’ यु–१६ महिला च्याम्पियनसिप छनोटबाटै बाहिरिएको छ । 

हल्चोकस्थित शसस्त्र प्रहरीको मैदानमा शुक्रवार भएको समुह चरणको दोस्रो खेलमा नेपाल म्यानमारसँग ११–१ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । 

खेलको पहिलो हाफसम्ममा नेपालले १० तथा दोस्रो हाफमा एक गोल खाएको थियो । म्यान्मारका लागि सुर्इ और माङले एक्लैले ५ गोल गर्न सफल भइन् । त्यस्तै म्यात नाउ हिनले ह्याट्रिक गरिन् । यता, हिन मार तोर्इ, ह्वार्इ पो इयान र पोन्ट पोन्टले समान एक-एक गोल गरिन् ।

नेपालको लागि खेलको ७४ औँ मिनेटमा  निकिता थोकरले एक मात्र गोल गरिन् । 

समुह ‘ई’बाट फिलिपिन्स र म्यानमारले समान ६ अंक जोड्दै अघिल्लो चरण पुग्ने सम्भावना बलियो बनाएका छन् । नेपालले समूह चरणको अन्तिम खेलमा यहि आईतबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।

समूहको शीर्ष दुई टोलीले अर्को वर्ष थाइल्याण्डमा हुने ‘एएफसी यू–१६ महिला च्याम्पियनसिपको यात्रा तय गर्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?