काठमाडौँ : मञ्जुश्री फार्इनान्सले अाफ्ना शेयरधनीलार्इ ५% नगद लाभांश दिने निर्णय गरेको छ।
शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत अार्थिक बर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ९% लाभांश बाँड्ने निर्णय गरेको हो । हाल मञ्जुश्रीको चुक्ता पूँजी ८० करोड ४० लाख ६० हजार २ सय १० रूपैयाँ छ ।
नगद लाभांश वितरणमा मञ्जुश्रीले ७ करोड २३ लाख ६५ हजार ४१९ रूपैयाँ खर्चनेछ । नेपाल राष्ट्र बैङ्क र आगामी साधारण सभाबाट अनुमोदन गरेपछि पञ्जुश्रीले लाभांश रकम लगानीकर्ताको खातामा पठाउनेछ ।
मञ्जुश्रीको गत वर्ष ६.०३% लाभांश दिएको थियो । यो फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा ९ करोड ७० लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया