काठमाडाैं : १ दर्जन बैंक, वित्तीय संस्था र सूचीकृत कम्पनीहरूले दशैंअघि नै अाफ्ना शेयरधनीलार्इ लाभांश दिने प्रस्तावसहित साधारणसभा डाकेका छन् ।
शुक्रबार बेलुकीसम्म १ दर्जन कम्पनीहरूले विभिन्न पत्रपत्रिकामा साधारणसभाका लागि सूचना प्रकाशित गरिसकेका छन् । यीमध्ये अधिकांश कम्पनीले अाफ्ना शेयरधनीलार्इ लाभांश दिने प्रस्ताव राखेका छन्, तर बाणिज्य बैंकहरूले भने लाभांशबारे अहिलेसम्म कुनै सूचना सार्वजनिक गरेका छैनन् ।
अहिलेसम्म कूल ४० कम्पनीहरुले लाभांश घोषणा गरिसकेका छन् । १३ वटा विकास बैंक, १४ वटा लघुवित्त कम्पनी, ६ वटा फार्इनान्स कम्पनी, ३ वटा उत्पादनमूलक, २ वटा हार्इड्रोपावर र २ वटा सामूहिक लगानी कोषले लाभांश घोषणा गरिसकेका हुन् ।
लाभांशक लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने मिति (बुक क्लोज डेट) समेत निर्धारण गरेका कम्पनीहरूले बुकक्लोजभन्दा १ दिन अघिसम्म कायम रहने शेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्ने जानकारी दिएका छन् ।
साधारणसभा अाब्हान गरेकामध्ये ग्रीन डेभलपमेन्ट बैंक र राष्ट्रिय बिमा कम्पनीले लाभांश वितरणबारे कुनै विषय उल्लेख गरेका छैनन् । राष्ट्रिय बीमा कम्पनीले चाहिँ आर्थिक वर्ष २०६३र६४ देखि ६७/६८ (एकैपटक पाँच बर्षको) साधारण सभा बोलाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया