कर छली र दोहोरो करबारे बेलायतसँग वार्ता गर्न टोली गठन

काठमाडौँ : बेलायत र नेपालबीच हुने कारोबारमा कर छली रोक्न र दोहोरो कर समस्याको समाधान गर्न नेपालले वार्ता टोली गठन गरेको छ ।

शुक्रबार बेलुकी बसेको मन्त्रीपरिषद् बैठकले अान्तरिक राजस्व विभागका महानिर्देशक बिष्णुप्रसाद नेपालको संयोजकत्वमा वार्ताका लागि नेपाली टोली गठन गरेको हो । 

सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले वार्ता टोली गठनबारे जानकारी गराएका हुन् । टोलीमा रहने अन्य सदस्यबारे भने सरकारले जानकारी दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?