बिदाको दिनपनि पेट्रोल वितरण हुँदै

काठमाडौं । चालकले बुधबारदेखि आन्दोलन शुरु गर्दै ढुवानी रोकेपछि केही पेट्रोलपम्प बन्द भएको र केहीले मात्रै पेट्रोलियम पदार्थ बिक्री गरेपछि पेट्रोलपम्पमा सवारी साधनले घण्टौ लाइन बस्नुपर्ने बाध्यता आएको छ । 

मुलुकी फौजदारी ऐनले चालकलाई तोकेको जेल सजायविरुद्ध  ट्याङ्करसहित सम्पूर्ण सवारी चालकले विरोध गर्दै पेट्रोलियम पदार्थको ढुवानी रोकेपछि पेट्रोलपम्पले भएको पेट्रोलियम पदार्थ समेत बिक्री नगरी सटर लगाएपछि एकाएक अभाव चुलिएको हो । 

पेट्रोल पम्पमा सवारी साधनको लाइन् बढ्न थालेपछि आयल निगमले विदाको दिन पनि इन्धन वितरण गर्ने भएको छ।

विशेष परिस्थितका कारण विदाको दिन पनि थानकोट डिपोले शनिबार पनि तेल वितरण गर्ने भएको हो। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?