नयाँदिल्ली । भारत अधीनस्थ काश्मिरका केही प्रहरी अधिकारीहरुले असुरक्षाको कारण देखाई आफूहरु प्रहरी सेवामा नरहने गरी राजीनामा दिएका छन् ।
उक्त क्षेत्रका दुई दर्जन प्रहरी अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उनीहरुले पछिल्ला समयमा सशस्त्र हतियारधारी आतङ्ककारी समूहका तर्फबाट भारतीय प्रहरीमाथि आक्रमण बढेको भन्दै उनीहरुले प्रहरी सेवा छोड्न इच्छुक रहेको बताएका हुन् ।
उक्त क्षेत्रमा पछिल्लो समयमा अज्ञात आतङ्ककारी समूहले आक्रमण बढाएका छन् । पछिल्ला केही दिनयता प्रहरीमाथि ती आतङ्ककारीले गरेका आक्रमणबाट तीनजना वरिष्ठ प्रहरी अधिकारी नै मारिएका छन् ।
प्रहरीमाथिको सो हमलापछि पछिल्लो समयमा प्रहरीमा असुरक्षाको त्रास बढेको र जसका कारण प्रहरी अधिकारीहरु नै प्रहरी सेवामा रहेर काम गर्न नसक्ने बताउन थालेका छन् ।
तर, भारतको गृह मन्त्रालयले भने सो समाचारको खण्डन गरेको छ । उक्त मन्त्रालयले प्रहरी अधिकृतहरुबाट त्यस्तो राजीनामा नआएको जनाएको छ ।
भारतीय प्रहरीका अधिकारीहरुले आफूहरुले असुरक्षाका कारण काश्मिरमा काम गर्न नसकेको भन्दै यस जागिरबाट आफूहरुलाई मुक्ति चाहिएको भिडियो सार्वजनिक गरेका छन् ।
उक्त भिडियोले सामाजिक सञ्जालमा व्यापकता पाएपछि मन्त्रालयको तर्फबाट यो प्रतिक्रिया आएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया