सुविन भट्टराईको प्रिय सुफी सार्वजनिक

काठमाडौं । लोकप्रिय लेखक सविन भट्टराईको पाँचौं कृति प्रिय सुफी विमोचन भएको छ । 

प्रज्ञा प्रतिष्ठानको डबलीमा शनिबार आयोजित कार्यक्रममा अभिनेत्री आँचल शर्मा, लेखक सुविन भट्टराई, गायिकाहरु शीतल मोक्तान र सुवानी मोक्तानले पुस्तक विमोचन गरे ।

कार्यक्रममा मोटिभेसनल स्पिकर गणेश अगम ढंगानाले आफुले उक्त पुस्तक एकै बसाइमा सकेको प्रतिक्रिया दिए । साथै पुस्तकले लभलाई रिडिफाइन गरिदिएको समेत दाबी गरे । पुस्तकले सबैलाई मोटिभेटसमेत गर्ने उनको भनाइ छ ।

यसैगरी नायिका आँचल शर्माले आफुले भट्टराईका अन्य कृति पढेको र यसले पनि सबैको मन छुने बताइन् । आफु पनि पुस्तक पढ्न आतुर रहेको उनको भनइ छ । कार्यक्रममा लेखक भट्टराईले यो पुस्तक पनि यसअघिका पुस्तकलाई जस्तै सबैले मन पराइदिनेमा आफु विश्वस्त रहेको बताए । साथै पुस्तक पढेर प्रतिक्रिया दिन उनले अनुरोधसमेत गरे ।

कार्यक्रममा फाइनप्रिन्टका अजित बरालले नयाँ लेखकलाई परिचय गराएका थिए । उनले दार्जिलिंङका लेखक छुदेन काविमोलाई आगन्तुकसमक्ष चिनाएका थिए । साथै उनको नयाँ पस्तक दसैंपछि आउन लागेको उनले जानकारी गराएका थिए । कार्यक्रममा सांगीतिक प्रस्त’तिसमेत रहेको थियो ।

त्यसका लागि गायिकाहरु शीतल मोक्तान र सुवानी मोक्तानले गीत गाएका थिए । आऊ न माया गाँस न, तिमीबिनाको जीवन काँडा भो आदि गीत गाएका थिए ।

पुस्तक फाइनप्रिन्टले प्रकाशनमा ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?