पुवा अायोजनामा नेपाल बंगलादेश बैंकको ६० करोड ऋण लगानी

काठमाडाैं : ४.९६ मेगावाटको पुवा दोस्रो जलविधुत अायोजनामा नेपाल बंगलादेश बैंकले ६० करोड ऋण लगानी गर्ने भएको छ । 

पिपल्स पावर कम्पनीले र्इलामको साखेजुङ र मार्इपोखरीको  सिमानामा बन्ने यो अायोजना निर्माण गरिरहेको छ । 

कूल ९० करोड रूपैयाँ लागतको यो अायोजनामा बाँकी ३० करोड रूपैयाँ लगानी प्रबर्द्धकहरूले गर्ने कम्पनीले जानकारी दिएको छ ।

अायोजनाका लागि ऋण लगानी सम्झाैतामा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना र पिपल्स पावरका अध्यक्ष विरेन्द्र बहादुर न्याैपानेले हस्ताक्षर गरेका छन् । 

पिपुल्स पावरले अायोजनाबाट उत्पादित बिजुली नेपाल विधुत प्राधिकरणलार्इ बेच्नेगरि विधुत खरिद बिक्री सम्झाैता (पीपीए) समेत गरिसकेको छ । 

हालसम्म अायोजना निर्माणको झन्डै २५% काम सम्पन्न गरेको पिपुल्सले विधुत विकास विभागबाट विधुत उत्पादन अनुमतिपत्र समेत लिर्इसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?