बिहे गर्न लागेकी प्रियंका किन पुगिन् निकसँग इटाली (फोटोफिचर)

मुम्बई । तपाईँलाई लाग्नसक्छ, प्रियंका चोपडा र निक जोनासले मुम्बईमा इन्गेजमेन्ट गरेपछि कुनै अर्को कार्यक्रमको तयारीका लागि जुटे होलान् । 

तर त्यसो नभएर उनीहरु भारतकै धनी व्यापारी मुकेश अम्बानीको छोरी इशाको इन्गेजमेन्ट कार्यक्रममा सहभागि हुन पुगेका हुन् ।

 

इन्गेजमेन्ट समारोहका सुन्दर तस्बीरहरु समेत प्रियंकाले सार्वजनिक गरेकी छिन् । सार्वजनिक तस्बिरमा प्रियंका ट्रेडिसनल पोशाकमा सजिएको देखिन्छ । 

समाचारअनुसार इशा र आनन्द पीरामलको इन्गेजमेन्ट २१ सेप्टेम्बरमा इटालीको लेक कोमोमा भएको हो । 

प्रियंका चोपडा र निक जोनासबीच १८ अगस्टमा मुम्बईमा भारतीय परम्पराअनुसार इन्गेजमेन्ट भएको थियो । छिट्टै उनीहरु बिबाह बन्धनमा बाँधिदैछन् । 

यो समारोहमा जाह्नवी कपूर, अनिल कपूर र सोनम कपूर आफ्नो पति आनन्द आहूजाका साथ पुगेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?