काठमाडाैं : दशैंका बेला काठमाडाैं उपत्यकामा मासुको व्यवस्था गर्न सरकारले १ हजार खसीबोका र १ हजार च्याङ्ग्रा बेच्ने भएको छ ।
नेपाल खाद्य संस्थानमार्फत बेचिने खसीबोका र च्याङ्ग्राको मूल्य बजार मूल्यभन्दा १० रूपैयाँ कम हुने संस्थानका प्रवक्ता शंकर सापकोटाले जानकारी दिए ।
संस्थानले यो बर्ष ३ करोड ४९ लाख रूपैयाँ बराबरको खसीबोका र च्याङ्ग्रा बिक्री गर्न लागेको हो ।
१२ असोजदेखि सुपथ मूल्य पसल
संस्थानले असोज् १२ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।
काठमाडाैं उपत्यकाका १० देखि १२ स्थानमा यस्ता पसल सञ्चालनमा ल्यार्इने संस्थानले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया