काठमाडाैं : अान्तरिक राजस्व विभागले देशैभर कर कानूनको पालना भएनभएको बारे अनुगमन थालेको छ ।
देशभरका कर कार्यालय र करदाता सेवा कार्यालयका टोलीलार्इ अनुगमनमा निस्कन राजस्व विभागले निर्देशन दिएको छ ।
करदाताले प्यान र मूल्य अभिवृद्धिकर (भ्याट) एेनको प्रावधान बमोजिम बस्तु तथा सेवाको बिलबिजक जारी गरेनगरेको तथा खरिद बिक्रीको खाता राखे/नराखेको लगायत क्षेत्रमा कर प्रशासनले अनुगमन केन्द्रीत गर्ने भएको छ ।
‘करदाताहरुले स्थायी लेखा नम्बर ९प्यान० लिए नलिएको, भ्याट ऐन बमोजिम बिल विजक जारी गरे नगरेको, खरिद विक्री खाता राखे नराखेको लगायतका कर कानुनको परिपालना भए नभएको सम्बन्धमा निरीक्षण गर्न आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयहरुबाट कर अधिकृतहरुको टोली बनाएर बजार अनुगमनमा खटाइएको छ, सो कार्यमा आवश्यक समन्वय तथा सहयोग गरिदिनु हुन उद्योग तथा बाणिज्य क्षेत्रका संघ संगठनहरु लगायत सम्बन्धित उद्योगी, ब्यवसायी एबम् आम नागरिकहरुलाई आन्तरिक राजस्व विभाग हार्दिक अनुरोध गर्दछ,’ विभागले जारी गरेको सार्बजनिक सुचनामा उल्लेख छ ।
विभागले अत्याधिक कारोबार हुने दशैंतिहार लगायतका पर्वमा कर छली हुने अाशंका गर्दै बर्षेनी अनुगमन गर्ने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया