काठमाडौं । सरकारले आइतबारदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा १० प्रतिशितले वृद्धि गरेको छ ।
शनिबार यातायात व्यवसायी र सारकारबीच भएको चार बुँदे सहमति अनुसार सरकारले सावर्जनिक यातायातको भाडा १० प्रतिशत बढाउने सहमति भएका हो ।
यातायात व्यवसायीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिसँगै भाडा समायोजन गर्नुपर्ने माग राखेका थिए ।
पेट्रोलियम पदार्थमा पछिल्लो पटक बढेको मूल्यवृद्धि पछि व्यवासयीले भाडा समायोजन हुनुपर्ने भन्दै दशैँका लागि अग्रिम टिकट खुलाउन मानेका थिएनन् । सरकारले सार्जजनिक यातायातमा १० प्रतिशत भाडा वृद्धि गर्ने निर्णय गरेसँगै यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले अब दशैँका लागि अग्रिम टिकट खुलाउने बताए ।
यातायात व्यवसायीले गत शुक्रवारबाटै अग्रिम टिकट खोल्ने तयारी गरेपनि सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएपछि रोकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया