एनसीसी बैंकको ५०% हकप्रद भर्ने म्याद असोज २२ सम्म

काठमाडाैं : नेपाल क्रेडिट एन्ड कमर्श बैंक (एनसीसी) का शेयरधनीले कम्पनीले जारी गरेको हकप्रद शेयर असोज २२ गतेसम्म भर्न पाउने भएका छन् । 

यसअघि बैंकले भदाै ४ देखि असोज ७ गतेसम्म हकप्रद भरिसक्न सूचना जारी गरेको थियो । पुन : बैंकको सञ्चालक समिति बैठकले हकप्रद भर्ने म्याद असोज २२ गतेसम्म पु-याएको हो । 

बैंकले साउन १५ गतेसम्म कायम शेयरधनीहरूका लागि चुक्ता पूँजीको ५०% हकप्रद शेयर निष्काशन गरेको हो । बैंकका शेयरधनीले प्राथमिक मूल्य (१ सय रूपैयाँ) मै अाफुले प्राप्त गर्ने हकप्रद भर्न पाउनेछन् । 

एनसीसीले ३ अर्ब ३३ करोड रूपैयाँ बराबरको २ करोड ३३ लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । बिक्री प्रबन्धक सनरार्इज क्यापिटलको कमलपोखरी कार्यालय, अास्वा सुविधा प्रदान गर्ने सवै बैंक तथा वित्तीय संस्था एवं एनसीसी बैंकका सबै कार्यालयहरूबाट हकप्रद भर्न पार्इने बैंकले जानकारी दिएको छ । 

हाल ४ अर्ब ६७ करोड चुक्ता पूँजी रहेको एनसीसीले हकप्रद निष्काशनपछि यसको अाकार ७ अर्ब १ करोड रूपैयाँ पु-याउनेछ । हकप्रद निष्काशनपछि यो बैंकले चुक्ता पूँजीको १४.१ प्रतिशत बोनस शेयर दिने घोषणा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?