एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल लिगको शिर्ष स्थानमा उक्लिएको छ ।
शनिवार राति सम्पन्न भएको छैँटो चरणको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ३-० गोल अन्तरले पराजित गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको हो । खेल शुरु भएको १० मिनेट पनि बित्न नपाउँदै साउथह्याम्पटनले आत्मघाती गोल गर्यो।
वेस्ले होडिटले आत्मघाति गोल गरेपछि लिभरपुलले खेलमा १-० को अग्रता बनायो । शुरुवाती समयदेखि नै साउथह्याम्पटनलाई दवावमा राखेको लिभरपुलका लागि खेलको २१ औँ मिनेटमा जोयल मोटिपले गोल गर्दै खेललाई २-० को स्थितीमा पुर्याए ।
त्यस्तै, पहिलो हाफको इन्जुरी समयमा मोहम्मद सलाहले गोल गर्दै खेललाई तेब्बर अग्रता दिलाए ।
खेलको दोस्रो हाफमा भने लिभरपुलले थप गोल गर्न सकेन् । निर्धारित समयसम्म साउथह्याम्पटनले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा ३-० को हार बेहोर्यो। जितपछि १८ अंक बनाएको लिभरपुल लिगको शिर्ष स्थानमा छ ।
त्यस्तै, शनिवार राति नै भएको अर्को खेलमा म्यान्चेस्टर सिटीले कार्डिफ सिटीलाई ५-० गोल अन्तरले हराउँदै लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
शनिबारको नतिजासँगै एक खेल कम खेलेको चेल्सी शीर्ष स्थानबाट तेस्रो स्थानमा झरेको छ । ६ खेल मध्ये सिटीले ५ मा जित र एक खेलमा बराबरी गर्दै १६ अंक बनाएको छ । सिटीलाई जीत दिलाउन रयाद मेहरेजले २ तथा सर्जियो अगुरो, बर्नान्डो डि सिल्भा र गण्डगनले समान एक-एक गोल गरेका थिए ।
यता, शनिवार राति नै भएको क्रिस्टल प्यालेस र न्युक्यासलबीचको खेल भने गोल रहित बराबरीमा सकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया