काठमाडौं । भारतका प्रसिद्ध लगानीकर्ता राकेश झुनझुनवालाको निधन भएको छ । झुनझुनवालाको क्यान्डी ब्रीच अस्पतालमा बिहान ६ः४५ मा निधन भएको हो । उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुख व्यक्त गरेका छन् ।
झुनझुनवालालाई सेयर बजारको राजा मानिन्थे । लगानीको क्षेत्रमा झुनझुनवालाको लगाव यति धेरै थियो कि उनलाई भारतको ‘बिग बुल’ पनि भनिन्छ। बजारमा आएको उतारचढावको बीचमा पनि उनले व्यवसायलाई सम्हाल्ने तरिकाले सबैलाई चकित बनाएका थिए ।
राकेश झुनझुनवाला सेयर बजारका सबैभन्दा ठूलो लगानीकर्ता थिए । कलेजमा पढ्दा नै उनले सेयर बजारमा चासाे राख्थे । उनी इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ इन्डियामा भर्ना भए। यहाँबाट स्नातक गरेपछि मात्रै उनले सेयर बजारमा हात हाल्न थाले ।
झुनझुनवालाले सन् १९८५ मा ५ हजार रुपैयाँ लगानी गर्न थालेका थिए । सेप्टेम्बर २०१८ सम्म, यो लगानी बढेर ११००० करोड रुपैयाँ पुगेको थियो। जानकारी अनुसार अहिले झुनझुनवालाको कुल सम्पत्ति ४३.३९ हजार करोड रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया