जोनी लिभर : अभावले कलम बेचे, कलाले स्टार बने

लोकपथ
168
Shares

बलिउडका कमेडी किङ हुन्– जोनी लिभर । लिभरले हालसम्म तीन सयभन्दा बढी फिल्ममा काम गरिसकेका छन् । उनको उत्कृष्ट कामका कारण बलिउडमा उनको बेग्लै पहिचान बनेको छ । उनै कमेडी किङ जोनी लिभरको आज जन्मदिन हो ।

जोनी लिभरले धेरै गम्भीर भूमिकामा पनि काम नगरेका भने होइनन् तर दर्शकहरुले उनको कमेडीलाई नै धेरै रुचाए ।

लाखौँ दर्शकको मनमा बस्न सफल उनको यात्रा सहज भने पक्कै थिएन । जोनी लिभरका दुई भाई र तीन बहिनी छन्, जसमध्ये जोनी जेठा छोरा हुन् । जोनीको परिवारले आर्थिक अभावको सामना गरिरहेको थियो, त्यसैले उनले आफ्नो पढाइ छोडेर कलम बेच्न थाले ।

जोनी लिभर बाल्यकालदेखि नै धेरै रमाइला थिए र उनले कलम बेच्ने एक धेरै अनौठो तरिका फेला पारे । उनी प्रायः बलिउड स्टारजस्तै नाँच्दै कलम बेच्ने गर्थे । जसले उनको कमाइ पनि राम्रो हुन्थ्यो ।

जोनी यस्ता मानिस हुन् जसले आफ्नो बुबालाई अप्रेसन बेडमा छोडेर आफू सुटिङमा गएको दिन कहिल्यै नबिर्सने बताएका थिए । उनले यस घटनाका बारेमा केही अघि एक अन्तर्वार्तामा बताएका थिए ।

जोनी लिभरको वास्तविक नाम जोन प्रकाश राव जनुमाला हो । उनका पिताले उनलाई हिन्दुस्तान लिभरमा काम गर्न लगाए । जोनीले भारी ड्रमहरू एक ठाउँबाट अर्को ठाउँमा ढुवानी गर्थे । उनी कामकै क्रममा पनि कम्पनीका साथीहरुलाई अभिनय गरेर धेरै हँसाउँथे । यहाँबाट उनको नाम जोन प्रकाश राव जनुमालाबाट जोनी लिभर राखिएको थियो ।

अनि बलिउडमा कदम : 

जोनी लिभर कमेडीका साथ–साथै मिमिक्री पनि गर्न माहिर थिए । उनले स्ट्यान्डअप कमेडियनको रूपमा आफ्नो करियर सुरु गरे र स्टेज शोहरू गर्न थाले । यस्तै, एउटा स्टेज शोमा सुनिल दत्तको नजर उनीमाथि पर्‍यो । उनले फिल्म ‘दर्द का रिश्ता’ मा जोनी लिभरलाई पहिलो ब्रेक दिएका थिए ।

बलिउडमा जोनी लिभरको यात्रा ‘दर्द का रिश्ता’ फिल्मबाट सुरु भएको थियो । बलिउडमा कदम राखेका उनले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन ।

गोलमाल, फिर, हेराफेरी उनका सदाबाहार फिल्म हुन् । यो सँगै ‘राजा हिन्दुस्तानी’, ‘जुदाई’, ‘चालबाज’, ‘बाजीगर’, ‘यस बोस’, ‘इश्क’, ‘आन्टी नम्बर १’, ‘दुल्हे राजा’ लगायतका फिल्म उनकै नाममा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?