काठमाडौं । विश्व फुटबलको महासंघ ‘फिफा’ले वितरण गर्ने ‘प्लेयर अफ दी इयर’ अवार्डको पुरस्कार वितरण समारोहको लागि नेपालबाट तीन जना प्रतिनिधी लण्डन प्रस्थान गरेका छन् ।
‘फिफा’ले सो कार्यक्रमका लागि नेपालबाट टेक्निकल डाइरेक्टर र अध्यक्षलाई निमन्त्रणा पठाएको थियो । तर, कार्यक्रमका लागि अध्यक्ष कर्मा छिरिङ शेर्पासहित दुई उपाध्यक्षद्धय कृष्ण थापा र उपेन्द्रमान सिंह पनि लण्डन पुगेका हुन् ।
‘एन्फा’ले पछिल्लो पटक टेक्निकल डाईरेक्टरका रुपमा जापानबाट ताकीदा चियाकीलाई नेपालमा काम गरिरहेका छन् । ‘एन्फा’को टेक्निकल कमिटीमा दुबै जना उपाध्यक्षहरु रहेका छन् ।
नेपालका अध्यक्ष शेर्पासहिद दुई उपाध्यक्षले लण्डनमा ‘फिफा’को प्रतिनिधीसँग भेटेर नेपाली फुटबलको विकाशका लागि छलफल समेत गर्ने बताइएको छ ।
त्यस्तै सेप्टेम्बर २५ तारिखमा सहारा युकेले आयोजना गर्ने अन्तकृया कार्यक्रममा पनि तीनै जनाले सहभागिता जनाउने छन् । त्यसपछि अल्डरसट टाउन फुटबल क्लवसँग पनि छलफल गर्ने एन्फा स्रोतले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया