काठमाडौं । अग्नि इन्कर्पोरेटेड प्रा.लीले विभागिय टिम शसस्त्र प्रहरीको एपिएफ क्लबसँगको प्रायोजनलाई नविकरण गरेको छ ।
अग्नि इन्कर्पोरेटेडले एपिएफ क्लबलाई प्रत्येक वर्ष ४० लाख रुपैयाँको दरले ५ वर्षका लागि २ करोड दिने गरि नविरकणमा हस्ताक्षर गरेका हुन् ।
एपिएफका खेल विभाग प्रमुख रामशरण श्रेष्ठ र महिन्द्राका कार्यकारी प्रमुख अर्जुन प्रसाद शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । त्यस्तै, महिन्द्राका प्रवन्ध निर्देशक क्याविनेट श्रेष्ठले सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनाललाई २ करोडको चेक हस्तान्तरण गरेका थिए ।
यसअघि २०७१ सालदेखि र्न महिन्द्राले पुरुष फुटबल टोलीलाई प्रायोजन गर्दै आएको थियो । यसपाली देखि महिन्द्राले पुरुष फुटबल, महिला फुटबल टोली र पुरुष क्रिकेट टोलीलाई प्रायोजन गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया