कुकुरसम्बन्धि केही रोचक जानकारी: कुकुर मुस्कराउन पनि जानेको हुन्छ

मान्छेको सबैभन्दा इमान्दार साथीका रुपमा कुकुरलाई लिने गरिन्छ । पाणी शास्त्री र मानववैज्ञानिक जोन ब्रेडस् मान्छे र जनावरबीचको सम्बन्ध र आपसी व्यवहारको अध्ययन गर्ने गर्छन् ।

‘इन डिफन्स अफ डग्स’ र ‘एनिमल्स एमोङ्ग अस’ किताबका लेखक जोन ब्रेडसले कुकुरमाथि अहिलेसम्मको गहिरो अध्ययन गरेका छन्ः

ब्वाँसोको टाढाको वंशज

कुकर ब्वाँसाको वंशज पनि हो । तर उक्त वंशज हजारौं साल पहिले लोप भएको थियो । अमेरिका र युरोपमा अहिले पनि ब्वाँसो पाइने गर्छ । ऊ कुकुरको दोस्रो छिमेकी हो । यी ब्वाँसाको डीएनएमा कुकुरको डीएनएन ९९ प्रतिशत मेल खान्छ ।

जात फरक भएर पनि समानता

कुकुरका कैयन् आकार र जात छन् । यति प्रजाति त अरु जंगली जनावर या पाल्तु जनावरका पनि छैनन् । तर, कुकुरको शारीरिक विविधताको पनि एउटा सीमा छ । सबैभन्दा छोटो आकारको चिवावादेखि लिएर ठूलो कुकुर ग्रेट डेनको शारीरिक संरचना उस्तै हुन्छ । जस्तो कि, उनका पुर्खा ब्वाँसोको थियो ।

कुकुरको सुँघ्ने क्षमता किन तेज हुन्छ?

कुकुरको कमालको सुँघ्ने क्षमता हुन्छ । जेकबसन या वोमेरोनेजल नामको अंगका कारण उसले सुँघ्न सक्छ । यो कुकुरको नाक र मुखको माथिल्लो भागमा हुने गर्छ । वैज्ञानिकले अहिलेसम्म पनि पत्ता लगाउन सकेका छैनन् कि यो अंग किन हुन्छ? तर बिरालो र अन्य जनावरमाथिको अध्ययनले के बताउँछ भने शायद यो क्षमता कुकुरसँग यसकारण हुन्छ कि, अरु कुकुरले छोडेको संकेतलाई पहिचान गर्न सकून् ।

कुकुरले देख्छ कस्तो?

कहिलेकाहीँ तपाईंलाई लाग्न सक्छ कि, कुकुरले कस्तो देख्छ? कुकुरले हरियो, पहेँलो, र नीलो रंग त पत्ता लगाउन सक्छ तर कुकुरले रातो रंग भने पहिचान गर्न सक्दैन । यो रंगलाई कुकुरले फरक देख्ने गर्छ ।

कुकुर मुस्कुराउँछ

कुकुर मुस्कुराउँछ पनि । हामी जसरी मुस्कुराउँछौँ, त्यसरी नमुस्कुराए पनि जोन ब्रेडसका अनुसार कुकुर आफ्नो मालिकसँग थोरै माया पाउनका लागि मुस्कुराउने गर्छ ।

कुकुरले आफू खुशी छु भनेर देखाउनलाई पनि मुस्कुराउने अध्ययनबाट देखिएको छ ।

कुकुरलाई कुनै पछुतो हुँदैन

कुकुरलाई यो कुराको फिलिङस् हुँदैन कि, आफूले केही गलत गरेँ । तर धेरैलाई के लाग्छ भने कुकुरले आफ्नो गल्तीलाई फिल पनि गर्न सक्छ । कतिलाई त लाग्छ कि, कुकुरले गिल्टी फिल पनि गर्छ । तरु विज्ञानका अनुुसार कुकुरले उक्त समय शारीरिक हाउभाउका कारण प्रतिक्रिया दिन्छ तर उसलाई फिलिङस हुँदैन ।

अपरोध बोध खासमा एउटा भावना हुन्छ, जुन कुकुरले सम्झिन सक्दैन । ऊ गिल्टी फिलमा हुनुको कारण चाहिँ आफूलाई सजाय मिल्छ कि भन्ने भयले गर्दा त्यस्तो हाउभाउ बनाउँछ ।
सहारा चाहिएको हुन्छ

मान्छेसँग भावनात्मक सम्बन्ध

निकै धेरै स्तनधारी जीव, प्रेम, डर, बेचैनी र खुशीजस्ता कुराको महसूस गर्न सक्छन् । अझ कुकुरले त मान्छेका लागि अरु पनि भावनात्मक प्रतिक्रिया दिने गर्छन् ।

धेरैलाई लाग्ने गर्छ कि, कुकुरले सबैलाई माया गर्छन् । तर, वैज्ञानिकका अनुसार कुकुरको व्यवहार यसले कति माया गर्छ भन्नेसँग निर्भर हुन्छ । एमरी युनिभर्सिटीका प्रोफेसर प्रेगरी बन्र्सले कुकुरलाई एमआरआईका दौरान स्थिर खडा हुनका लागि तालीम दिए । यो बुझ्नका लागि कि, मालिकलाई देख्दा कुकुरले दिमागमा कस्तो प्रतिक्रिया देखाउँछ । त्यतिबेला बुझियो, कुकुरले मान्छेको बोडी ल्याङ्ग्वेज चिम्पान्जीले भन्दा बढी बुझिरहेको हुन्छ ।

भित्रबाट चाहिँ जङ्गली

यदि कोही कुकुर आफ्नो जीवनको शुरुवाती तीन महिनामा कोही मान्छेसँग सम्पर्कमा रहेन भने ऊ जंगली बन्न सक्छ । यसको उदाहरण अस्ट्रेलियन डिंगो नामको कुकुर हो । जो करीब ४ हजार वर्षसम्म पनि पाल्तु थिए । पछि ती कुकुरलाई एक द्वीपमा लगेर छोडियो । पछि ती जंगली बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?