भारतले आज स्वतन्त्रताको उत्सव अर्थात् आफ्नो ७५ औँ स्वतन्त्रता दिवस मनाउँदै छौँ । ‘घर घर तिरंगा’ अभियान भारतभर चलिरहेको छ । उत्तर प्रदेश सरकारले पनि राज्यमा साढे चार करोड तिरंगा फहराउने कीर्तिमान कायम गर्ने घोषणा गरेको छ।
मुम्बईमा पनि जताततै ‘घर घर तिरंगा’ अभियान चलिरहेको छ । सडकको छेउमा, घरको छानामा र पसल अगाडि तिरंगा आफ्नो गौरवका साथ फहराइरहेको छ । बलिउडका स्टारहरुले पनि आज आफ्नो हिसाबले स्वतन्त्रता मनाइरहेका छन् ।
बलिउड स्टारहरुले स्वतन्त्रताको अवसरमा के भने ?
अमिताभ बच्चन :
स्वतन्त्रताको अवसरमा बलिउडका स्टार अमिताभ बच्चनले भनेका छन् । ‘भारतले स्वतन्त्रताको ७५ वर्षमा के हासिल गर्यो त्यो एउटा उदाहरण हो । देशले हरेक क्षेत्रमा प्रगति गरेको छ । चाहे त्यो आर्थिक प्रगति होस् वा अन्य क्षेत्रमा । ७५ वर्षमा स्वतन्त्रता पाएका विश्वका बाँकी देशहरूलाई हेर्नुभयो र यी ७५ वर्षमा भारतले के–के उपलब्धि हासिल गर्यो हेर्नुभयो भने थाहा हुन्छ भारतको स्थिति कस्तो छ रु यो सफलता यस क्षणको सबैभन्दा राम्रो अनुभूति हो। यी ७५ वर्षमा भारतले प्रगतिको शिखर चुम्यो ।
दीपिका चिखलिया :
दीपिका चिखलियाका अनुसार स्वतन्त्रताको अर्थ जिम्मेवारी हो । रामानन्द सागरको ‘रामायण’ मा सीताको भूमिका खेलेर चर्चित भएकी दीपिका चिखलिया भन्छिन्, ‘भारतको नागरिक हुनका लागि असल नागरिक बन्नु आवश्यक छ । राम्रो मान्छे, असल विद्यार्थी कसरी बन्ने, कुनै व्यवसाय गर्दै हुनुहुन्छ भने त्यो व्यवसाय कसरी गर्ने । मलाई लाग्छ हरेक क्षेत्रमा जति जिम्मेवारी छ, त्यसको दुरुपयोग नगरौँ, आफ्नो जिम्मेवारी पूरा गर्नु नै मेरो लागि साँचो स्वतन्त्रता हुनेछ ।
अरूलाई सहयोग गरेर स्वतन्त्रताको महान् पर्व मनाउनुहोस् : सोनु सूद
कोभिडको समयमा गरिबको मसिहा बनेका थिए सोनु सुद, आज पनि उनी मानिसहरूलाई सहयोग गर्छन्। उनी भन्छन्, ‘स्वतन्त्रताको यो महान् पर्वलाई आफ्नो क्षमताअनुसार सहयोग गरेर मनाउनुहोस्, । तपाईं जुन स्थितिमा हुनुहुन्छ, मानिसहरूलाई मद्दत गर्न सक्नुहुन्छ। मेरो लागि स्वतन्त्रताको पर्व वर्षमा एक दिन होइन, हरेक दिन हो ।
वास्तविक ‘स्वतन्त्रता’ बाँकी नै छ
२२ वर्षदेखि जनताको सेवा गर्दै आएकी गायीका पलक मुछाल भन्छिन्, ‘धेरै क्षेत्रमा स्वतन्त्रता पाएका छौं, कतिपयमा भने पाउन बाँकी नै छ । म त्यो दिनको पर्खाइमा छु जब हामी जातीय विभेद, भ्रष्टाचार, रूढिवादी विचार, महिला अत्याचार, भोक र रोगबाट मुक्त हुनेछौं। म त्यो दिनको पर्खाइमा छु जब हामी पूर्ण रूपमा स्वतन्त्र हुनेछौं।’
स्वच्छ भारत नै स्वतन्त्रताको महापर्व : दृष्टि धामी
सानो पर्दाका धेरै सिरियलहरूमा काम गरिसकेकी दृष्टि धामी भन्छिन्, ुआजादी भनेको मेरो लागि स्वच्छ भारत हो। आज पनि जनताले आफ्नो जिम्मेवारी बुझेका छैनन् । यो तपाईको देश हो जसरी घर सफा राख्छौ, त्यसैगरी आफ्नो वरिपरि सफा राखेर देशको जिम्मेवार नागरिक बनौ ।
अभिनेता राजेन्द्र गुप्ता
अभिनेता राजेन्द्र गुप्ता भन्छन् । ‘हिन्दुस्तानमा धेरै भारतीयहरू बस्छन्। सबैका आ–आफ्नै समस्या छन् । आजाद त्यही जनता हुन्, जो सत्तामा छन् । आम मानिस कहिल्यै स्वतन्त्र थिएन, ऊ बाँच्नको लागि सास फेर्न पनि गार्हो छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया