काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको खरिददर ११५ रूपैयाँ २२ पैसा र बिक्रीदर ११५ रूपैयाँ ८२ पैसा तोकेको छ ।
युरो १ को खरिददर १३५ रूपैयाँ ३८ पैसा र बिक्रीदर १३६ रूपैयाँ ९ पैसा, पाउन्ड स्ट्रलिङ १ को खरिददर १५० रूपैयाँ ६८ पैसा र बिक्रीदर १५१ रूपैयाँ ४६ पैसा तोकिएको छ । हिजो पाउन्डको बिक्रीदर १५२ रूपैयाँ ८१ पैसा तोकिएको थियो ।
केन्द्रीय बैंकका अनुसार साउदी रियालको खरिददर ३० रुपैयाँ ७३ पैसा र बिक्रीदर ३० रुपैयाँ ८९ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ६५ पैसा र बिक्रिदर ३१ रुपैयाँ ८१ पैसा रहेको छ ।
युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ३ पैसा र बिक्रिदर ३१ रुपैयाँ ५४ पैसा कायम गरिएको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रिदर २८ रुपैयाँ ४ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ३३ पैसा र बिक्रिदर १० रुपैयाँ ३९ पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ३८० रुपैयाँ ८३ पैसा छ भने बिक्रिदर ३८२ रुपैयाँ ८१ पैसा कायम गरिएको छ । बहराइन दिनार एकको खरिददर ३०५ रुपैयाँ ५८ पैसा र बिक्रिदर ३०७ रुपैयाँ १७ पैसा तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया