काठमाडौं । प्रशान्त महासागरमा पर्ने मार्शल टापुमा कोभिड–१९ संक्रमितको संख्या बढेको छ । राजधानी माजुरोमा शुक्रबारदेखि कुल संक्रमित झण्डै दोब्बर भएका छन् । हरेक १० जनामध्ये एक जनामा संक्रमण देखिएको विवरणहरुमा जनाइएको छ ।
परीक्षण गरिएकामध्ये ७५ प्रतिशतमा कोभिड पोजेटिभ देखिएको स्वास्थ्यमन्त्री ज्याक निडेन्थलले बताए । धेरै प्रशान्त टापुहरूले कडा प्रतिबन्धहरू मार्फत महामारीको सुरुमा कोरोनाभाइरसबाट जोगिन सफल भएका थिए ।
५९ हजार जनसंख्या भएको मार्शल टापुमा कोभिड–१९ सन् २०२० को सेप्टेम्बरसम्म कोभिड देखिएको थियो । अक्टोबरमा जम्मा दुई जनामा संक्रमण देखिएको थियो । संक्रमितहरु अमेरिकाबाट त्यहाँ पुगेका थिए र उनीहरुलाई आइसोलेसनमा राखिएको थियो ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया