काठमाडाैं : कास्कीको विजयपुरमा केन्द्रीय कार्यालय रहेको स्पर्श लघुवित्तले २ करोड ४० लाख रूपैयाँ बराबरको २ लाख ४० हजार कित्ता प्राथमिक शेयर (अार्इपीअो) निष्काशन गर्ने भएको छ ।
प्रतिकित्ता १०० रूपैयाँ दरको अार्इपीअो निष्काशनका लागि स्पर्शले पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा स्पर्शले सानिमा क्यापिटललार्इ नियुक्त गरेको छ ।
चुक्तापूँजी ५ करोड ६० लाख रूपैयाँ रहेको स्पर्शले अार्इपीअो जारी गरेपछि यसको अाकार ८ करोड रूपैयाँ पु-याउनेछ ।
यो लघुवित्तले १५ वटा शाखामार्फत पश्चिम क्षेत्रका विभिन्न १० जिल्लामा लघुवित्त सेवा पु-याउँदै अाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया