काठमाडौं । क्रिकेटर अमित श्रेष्ठलाई महालक्ष्मी मोबाइल कम्पनी आइटेलले सदभावना दूत (ब्रान्ड एम्बेस्डर) बनाएको छ ।
नेपाल पुलिस क्लबका ब्याटरसमेत रहेका २८ वर्षीय अमितलाई महालक्ष्मी मोबाइल आइटेलले एक वर्षका लागि नियुक्त गरेको हो । यससँगै अमितलाई आइटेलले खेल सामग्री सहयोग गर्नेछ ।
दायाँ हाते ब्याटर अमितले नेपालको यु-१९ टोलीबाट समेत खेलिसकेका छन् । अमितले घरेलु प्रतियोगितामा लगातार दोस्रो शतक प्रहार गरेका थिए । उनले वीरगन्जबाट सन् २०१२ मा दुई शतक बनाएका हुन् ।
फ्रेन्चाइज एभरेस्ट प्रिमियर लिग भने अमितले काठमाडौं किङ्स ११ बाट खेलेका थिए ।
आइटेल कम्पनी सन् २०१७ बाट प्रयोगमा आएको हो । जुन १७ देशमा प्रयोगमा छ । जसमध्ये अफ्रिकामा बढी प्रयोग हुँदै आएको महालक्ष्मी मोबाइल आइटेलका बिजनेस डेभलपमेन्ट हेड राजेश पौडेलले बताए । उनले आइटेल मोबाइल नेपालमा नम्बर वान भएको दाबी गरे ।
सम्झौतापछि पौडेलले क्रिकेट सबैले रुचाएको खेल भएको कारण सहकार्य गरेको बताए । ‘क्रिकेट सबैले रुचाएको खेल हो । खेलका लागि केही गरौँ भनेर नै क्रिकेट खेलाडीलाई सहयोग गरेका हौँ । खेलाडीलाई पनि सहयोग होस् र हाम्रो नि प्रचार होस् भनेर सहकार्य गरेका हौँ,’ पौडेलले भने । उनले खेल सामग्री करिब एक लाख २० हजार रुपैयाँसम्मको हुने बताए । जसबापत अमितले कम्पनीको प्रचार गर्नेछन् ।
अमितले भविष्यमा क्रिकेट खेल्ने यो सहकार्यले राहत पुग्ने बताए । उनले भने, ‘यो सहकार्यका लागि आइटेललाई धन्यवाद । यसपछि मलाई भविष्यमा खेल्न झनै सहयोग पुग्नेछ,’ अमितले भने । सम्झौतामा पौडेल र अमितले हस्ताक्षर गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया